समाचार
ससुराको काजकिरियामा बुहारीलाई बञ्चित गरेपछि सामाजिक बहिस्कार
झापा, २४ असार । निधन भएका आफ्ना ससुराको काजक्रियामा बुहारीलाई सहभागी हुन नदिएको आरोपमा एक परिवालाई सामाजिक बहिस्कार गरिएको छ । झापा अर्जुनधारा–८, निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको हो । असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया...
३१ लाख चोरेर भाग्ने २ भारतीय पक्राउ
काठमाडौँ, २४ असार । काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको एक घरमा कोही नभएको समयमा ३१ लख ३३ हजार मुल्य बराबरको धनमाल चोरी फरार रहेका भारतीय युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानका सोनी श्रेष्ठको घरबाट सामान चोरी गर्ने भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण...
पदमपोखरीमा २ सय ५३ बाख्रा तथा बोका वितरण
हेटौँडा, २४ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा २ सय ३० वटा बाख्रा तथा २३ वटा उन्नत जातका बोका वितरण गरिएको छ । ‘कबुलयिती बन व्यवस्थापन, बोका तथा बाख्रा वितरण कार्यक्रम’ को आयोजना गरी पदम मिलन उपभोक्ता समिति पदमपोखरीले समितिमा आवद्ध २३ वटा समूहलाई समूहगत रुपमा...
हेटौँडामा दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण
–सन्देश थिङ मकवानपुर, २४ असार । मकवानपुरको हेटौँडामा दुर्घटना न्यूनिकरण सम्बन्धी एक दिने प्रशिक्षण भएको छ । हेटौँडामा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै नेपाल अटो इ–रिक्सा संघद्वारा प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रम ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा भएको हो । कार्यक्रममा चालकहरुले अनिवार्य रुपमा पालन गर्नुपर्ने गर्नुपर्ने नियमहरुका...
हात्तिगौँडामा बाटो ढलान सकियो, आग्रलटोल हुँदै सवारी संचालन
हेटौँडा, २४ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा महिला सेवा बचत नजिकैको बाटोमा बाटो ढलान कार्य सकिएको छ । ८ लाखमा टेण्डर आह्वान गरिएको बाटो ढलान करिब २३ प्रतिशत कममा टेण्डर स्विकृत भइ ठेकदारमार्फत निर्माण गरिएको वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिए । ५६...
‘नो पार्किङ’ का विषयमा मउवा संघ र उपमहानगरबिच वार्ता हुने
हेटौँडा,२४ असार । ‘नो पार्किङ’ का विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच वार्ता हुने भएको छ । उपमहानगरले व्यवसायी तथा संघसँग कुनै परामर्श नै नगरी अचानक हेटौँडाको राप्तिरोडमा ‘नो पार्किङ’ जोन घोषणा गरेपछि आन्दोलनमा उत्रने तयारी गरेको संघलाई मथ्थर पार्न वार्ता हुने भएको हो । तु...
राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरमा पुन: श्रेष्ठ
मकवानपुर २३ असार । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । मदन कुमार श्रेष्ठको अध्यक्षतामा र केन्द्रीय सदस्य कमल बहादुर घिसिङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । हेटौडाको कमानेमा भएको कार्यक्रममा पुन अध्यक्षमा मदन कुमार श्रेष्ठ, उपाध्यक्षमा केशव बहादुर कार्की, उपाध्यक्षमा मानबहादुर वाइवा...
वडा प्रहरीद्वारा बृहत रक्तदान कार्यक्रम, १०३ जनाले गरे रक्तदान
मकवानपुर २३ असार । वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराको आयोजनामा टोलटोलमा प्रहरी भन्ने नारा सहित हेटौँडा ४ हुप्राचौरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी एसपी बुद्धिराज गुरुङ् ,विभिन्न संघ संस्थाका प्रतिनिधी नेपाल प्रहरी,...
विभिन्न पार्टी परित्याग गरी २ जना नयाँ शक्तिमा प्रवेश
मकवानपुर २३ असार । विभिन्न पार्टी परित्याग गरी आज २ जना नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी ईन्द्रसरोवर गाउँपालिकाका देवकुमार लामा र संघिय समाजवादीका रामपुकार प्रसाद साह रहेका छन् । उनीहरुलाई नयाँ शक्ति पार्टी मकवानपुरका प्रतिनिधिहरुले स्वागत गरेको नयाँ शक्ति मकवानपुरका...
नयाँ शक्ति मकवानपुरको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर २३ असार । नयाँ शक्ति पार्टी नेपालको जिल्ला स्तरिय एक दिने प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय प्रशिक्षण तथा पार्टी प्रवक्ता डम्बर खतिवडाको प्रशिक्षणमा कार्यक्रम भएको थियो । प्रशिक्षण कार्यक्रममा पार्टीका संधिय परिषद सदस्य ज्योती रायमाझिले स्वागत मन्तव्य...










