हेटौँडामा विद्यार्थी चर्किए–टायर बालेपछि डीनको पुत्लामा आगो

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १४:१२

मकवानपुर, ०३ साउन । मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आन्दोलनको स्वरुपलाई द्वन्दकाल कै झझल्को दिने गरी चर्काएका छन् ।

जारी आन्दोलनका क्रममा कार्यकक्षमा तालबान्दी, क्याम्पस घेराउ र टायर बालिसकेपछि अहिले विद्यार्थीहरुले डीनको पुत्ला समेत जलाएका छन् ।

केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको क्यापसले आर्थिक चलखेलको आधारमा नीजि सस्थालाई नयाँ कलेजको लागि सम्वन्धन दिन लागेको आरोपमा विद्यार्थीहरुले बिहीबार विश्वविद्यालय परिसरमा डिनको पुत्ला जलाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*