काठमाण्डौको बिर अस्पतालमा सेवाग्राहिले गरे प्रदर्शन
काठमाडौं ३ साउन । अस्पतालको सेवाहरु सबै सुचारु गर्न माग गर्दै सेवाग्राहीहरुले काठमाण्डौको वीर अस्पतालमा विहिबार प्रर्दशन गरेका छन ।
आज विहानै अस्पताल पुगेका सेवाग्राहिहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अस्पतालका चिकित्सकहरुले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे ।
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ ।
