महेन्द्रनगर ट्राफिक कार्यालयले संकलन गर्यो ४९ लाख राजश्व

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १३:२९

कञ्चनपुर, ३ साउन । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।

दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ ।

वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारको जिम्मा लगाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिनुभयो । कार्यालयले गत आवमा असारमा रु पाँच लाख ४९ हजार, साउनमा रु तीन लाख ४५ हजार, भदौमा रु तीन लाख ४३ हजार, असोजमा रु चार लाख ४३ हजार र कात्तिकमा रु पाँच लाख तीन हजार राजश्व संकलन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*