पोखरा विमानस्थल निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १४:१७

पोखरा ३ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् ।

निर्माणाधीन विमानस्थलको धावनमार्गको आज निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए ।

सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*