आक्वा टाईमको पानीमा किरा नाचेपछि……..हेर्नुहोस भिडियो

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १२:४५
Featured Video Play Icon

बलराम पुडासैनी । मकवानपुर ३ साउन । उपभोक्ताको स्वास्थ्यको कुनै ख्यालै नगरी, दुषित पानी बचेर टन्न पैसा कुम्ल्याउन पल्केको “आक्वा टाईम” नामक पानी उत्पादन गर्ने कम्पनी सुभवेभरेजेज इण्डष्ट्रीजको कर्तुत यसरी सार्वजनिक भएको छ । कम्पनीले बजारमा बेचेको पानीमा किरा नाचीरहेको भिडियो सामाजिक सञ्जालमा उपभोक्ताहरुले पोष्ट गरेपछि अहिले हेटौंडामा यस विषयलाई लिएर ठुलै चर्चा सुरु भएको छ ।

जार तथा बोतलको पानीमा फोहोर भेटीएको भन्दै पटक पटक सक्बन्धीत कम्पनीसंग गुनासो गर्दा समेत गुनासोको कुनै प्रतिक्रिया नआउने गरेको समेत उपभोक्ताहरुको गुनासो छ ।
बुधबारमात्रै हेटौंडाको अजरअमर रोडमा रहेको एक किराना पसलबाट खरिद गरीएको आक्वा टाईमको पानीमा किरा नाचेको देखेपछि एक संचारकर्मीले उक्त पानीको भिडियो खिचेर सामाजिक संजालमा उक्त भिडियो पोष्ट गरीन् । कार्यालयमा पिँउनको लागि लगिएको उक्त जारको पानी ल्याएर खन्याउँदै गर्दा किराहरु देखेपछि उनले त्यस भिडियो संम्बन्धीत निकायको ध्यानाकर्षणका लागि पोष्ट गरेको प्रतिक्रिया दिईन् ।
पानीमा किरा भेटेको गुनासो गर्ने उनीमात्र होईनन् बजारका अधिकाँश उपभोक्ताहरुले यसअधि पनि आक्वा टाईमको पानी दुषित भएको भन्दै थुप्रै गुनासो गर्दै आईरहेका छन् ।
जुनसुकै समयमा पनि शुद्ध पानी नामको स्टिकर टासेर फोहोर पानी बेच्न पल्केको आक्वा टाईमलाई सम्बन्धीत निकायले कारवाहीको दायरामा ल्याउला वा नल्याउला तर आक्वा टाईमले भने जनताको स्वास्थ्यमाथि खेलबाड गरीनैरहेको छ ।
यस बिषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढासंग तु खबरले यस्तो पानी बजारमा बिक्रि भईरहँदा मकवानपुरको प्रशासनले किन अनुगमन नगरेको भन्ने प्रश्न गर्दा उनले पानीको गुणस्तर चेकजाँज गरी आवश्यक कारवाही गर्न सम्न्धीत निकायलाई आदेश गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*