चुरेहिल अस्पतालमा भदौदेखि थप दुई वटा डाइलाइसिस मेसिन थपिने

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १४:२६

हेटौँडा, ०२ साउन । हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा आउँदो भदौदेखि थप दुई वटा डाइलाइसिस मेसिन थपिने भएको छ । आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा २०७४ पुस १६ गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराईदै आएको अस्पतालमा प्रतिष्ठानले सुविधा थप गर्ने उदेश्य सहित डाइलाइसिस मेसिन थप गर्न लागिएको हो ।

हाल सर्लाही, रौतहट र मकवानपुरका गरी करिब ३० जना रोगीलाई उपचारका क्रममा क्रमशः प्रत्येक दिनको तीन पटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको प्रतिष्ठान हेटौंडा इञ्चार्ज स्टाफनर्स रिना सिलवालले जानकारी दिइन् ।

ती बिरामीलाई भदौ २० गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराउन आवश्यक प्राविधिक तयारी भइरहेको र ती बिरामीलाई थप उपचारका लागि मृर्गाैला रोग विशेषज्ञ चिकित्सकको पनि सेवा उपलब्ध गराउनेतर्फ पहल गरिएको चुरेहिल अस्पताल प्रशासन प्रमुख रविरमण अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*