पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड
बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ ।
उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् ।
बुधबार हेटौंडामा माई च्योईस नामक पानी कम्पनीले बेचेको जारको पानीमा कम्प्लेन आएपछि तु खबरको टोली प्रत्यक्ष अवलोकनको लागि हेटौंडाको मेघारी सप्लायर्समा पुग्दा पानीको जारभित्र कमिलाको गुँड र किराहरुनै देखेको हो । त्यसोत माई चोईस नामक पानीको गुणस्तरमा समस्या भएको विषयमा सञ्चार माध्यमहरुमा पटक पटक समाचार प्रकाशन नभएका पनि होईनन्, तर जनताको स्वास्थ्यलाई लत्याएर पैसा कमाउन पल्केको पानी कम्पनीको हेपाहा स्वभावमा सुधार आउन भने अझै सकेको छैन् ।
मेघारी सप्लायर्सका संचालक विश्व आलेले तु खबरसंग गुनासो गर्दै भने “३ पटकसम्म पानीमा फोहोर भेटियो, सुधार आउलाकी भन्दै चुपो लागेर बसें तर यो त अत्तिनै भो, पानी किन यस्तो भनेर सोध्दा हामीलाई के थाहा भन्छन् हामीले पनि यो पानी बेच्नेनै हो । जनताले हामीलाई गरेको प्रश्नमा चै हामीले के जवाफ दिने ?” उनले अझै थपे “हामीलाई फोहोर पानी भएको भन्दै सर्वसाधारणले धेरै पटक गाली पनि गरीसके पानी बेचेर २/४ पैसा हुने हो, तर जनताको गाली भने टन्नै खानुपर्छ । ”
यसअधि पनि पानीमा पटकपटक कमिला प्रत्यक्ष भेटेको पत्रकार राज सापकोटाले तु खबरलाई बताए । खोलाबाट सिधै उठाएको पानी समेत यस्तो फोहोर र दुषित नहुने भएकोले माई चाईसको पानीमा प्रशासनले अनुगमन गर्नुपर्ने हेटौंडावासी मिलन खतिवडाले बताए ।
तु खबरले माई चोईस पानी कम्पनीका संचालक राजकुमार न्यौपानेलाई किन यस्तो फोहोर पानी बेचेको भन्ने प्रश्न गर्दा उनले जारभित्र प्वाल परेर कमिला छिरेको हुनसक्ने तर आफ्नो कम्पनीको पानीमा त्यस्तो समस्या नभएको बताए । तर तु खबरको टोलिको प्रत्यक्ष अवलोकनमा पानीको जार प्वाल नपरेको पाईएको छ । यस बिषयमा खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले उक्त कम्पनीको पानीमा आफुहरुले निगरानी बढाउने र पानीको गुणस्तरमा जाँचगर्ने बताएका छन् । उनले पानीको गुणस्तर मापन गर्ने प्रक्रिया विभिन्न भएकोले कसैले झुक्याएर अशुद्ध पानी बेचिरहेको भए अनुगमन गरी आवश्यक कारवाहिको दायरामा ल्याउन प्रशासनलाई अनुरोध गर्ने बताए ।
यसरी दुषित पानी बेच्दै जनताको स्वास्थ्यमाथी खेलबाड गर्ने माईचोईस कम्पनीको अनुगमन र आवश्यक कारवाहिमा सरोकारवाला निकाय र मकवानपुरको प्रशासनको चासो कत्तिको जाला त्यो भने हेर्न बाँकी छ, तर जनताको स्वास्थ्यमाथी खेलबाड गर्ने माई चोईसले दुषित पानीको उच्चतम मुल्य लिएर जनता लुटिरहेको छ ।
