चितवन राष्ट्रिय निकुञ्जका २६ वटा गैँडा मरे

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार १४:४४
Pic : The Himalayan Times

चितवन, १ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा मात्रै २६ वटा गैँडा मरेका छन् । विषेश गरी जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर जस्ता कारणले गैँडाहरुमरेको निकुञ्जले जनाएको छ ।

गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
विविध कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको राससले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*