यो वर्षको असार सकियो तर कर्णालीमा रोपाई भने सकिएन

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार १४:३६
file photo

सुर्खेत १ साउन । असार महिना वितिसक्दा समेत कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ।
क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको जानकारी अनुसार समयमा पानी नपरेकै कारण कर्णाली अञ्चलका डोल्पा र जुम्लामा मात्रै रोपाइँ सम्पन्न भएको छ तर बाँकी जिल्लाका ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*