अटो व्यवसायीहरुको आक्रोश : हेटौंडामा ठूला सवारीमात्र रोक्न पाईने हो ?
जी. न्यौपाने । मकवानपुर १ साउन । मकवानपुरको हेटौंडामा पर्याप्त पार्कीङको व्यवस्था नभएको र भएको स्थानमा पनि साना सवारीका लागि पार्कीङको व्यवस्थापन नमिलाईएको भन्दै अटो व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिकाले पार्कीङको विकल्प सहितको व्यवस्थापन विनानै सडक तथा चोकहरुमा अटो तथा मोटरसाईकल पार्कीङमा अवरोध गरेपछि अटो व्यवसायी मारमा परेका अटो व्यवसायीहरुको भनाई छ ।
हेटौंडा ११ निवासी ईन्द्रबहादुर नेपालीले आक्रोशित हुँदै भने “७ लाख तिरेर अटो किनेँ त्यहि ऋण को महिनाको १५ हजार ५ सय किस्ता बुझाउँछु, कमाएर तिरौं भने हेटौंडामा पार्कीङको सुविधा राम्रो छैन, त्यसमाथि ट्राफिक प्रहरी, नगरप्रहरी,माईक्रो, म्याजिकवाला मात्र नभई नजिकका पसलेले समेत अटो रोक्न दिँदैनन् हामिलाई पनि पार्कीङ एरिया चाहियो नि ।”
अर्का अटो व्यवसायी सुजन नेपालीको पनि गुनासो उस्तै छ । उनी भन्छन् नगरपालिकाले आफुहरुलाई वास्तानै गरेन ।
अटो व्यवसायीको मात्र हैन हाल हेटौंडामा पार्कीङको सुविधा नहुँदा मोटरसाईकल राख्नेसम्म ठाँउ नभएको भन्दै सर्वसाधारणहरु गुनासो गर्छन् ।
हेटौंडा ११ सिमल्टारका दिपक उपे्रतीले पसल अगाडी मोटरसाईकल रोकेर किनमेल गर्ने स्थान समेत नभएको गुनासो गरे ।
पार्कीङकै सुविधा राम्रो नभएको भन्दै व्यवसायीहरु पनि आक्रोशित हुन थालेका छन् । एक व्यवसायीले आफ्नो नाम नखुलाउने सर्तमा भने “ प्रदेशको राजधानी राप्तीरोड मात्र होर ? अन्य स्थानमा चै सवारी व्यवस्थापन गर्नु पर्दैन ? सडकको सवारी साधन हटाएर फुटपाथमा सवारी रोक्ने यो नगरपालिकाको कस्तो व्यवस्थापन हो ?”
