आजदेखि १८ सरकारी कार्यालय खारेज, सेवा लिन कहाँ जाने ?
मकवानपुर, ०१ साउन । सरकारले साउन १ गतेदेखि जिल्ला तहमा रहने १८ वटा सरकारी कार्यालयहरुलाई खारेज गरिदिएको छ । यस अघि नै सरकारले सार्वजनिक गरेको सूचि अनुसार नै कार्यालयहरु खारेज भएका हुन् । यद्यपि ती सरकारी कार्यालयहरु खारेज भएता पनि प्रमुख जिल्ला अधिकारीहरुलाई नै त्यसको पूर्ण जानकारी प्राप्त भएको छैन ।
कार्यालयहरु खारेज भएसँगै स्थानीय तहले त्यसको शाखा व्यवस्था नगरेसम्म सेवाग्राहीहरु थप मर्कामा पर्ने भएका छन् । सरकारले आजदेखि खारेज गरेका सरकारी कार्यालयहरु यसप्रकार छन् –
१) जिल्ला शिक्षा कार्यालय
२) जिल्ला जनस्वास्थ्य कार्यालय
३) जिल्ला कृषि विकास कार्यालय
४) जिल्ला पशुसेवा कार्यालय
५) जिल्ला प्राविधिक कार्यालय
६) जिल्ला वन कार्यालय
७) जिल्ला बाल कल्याण समिति
८) शान्ति समिति
९) जिल्ला सहकारी कार्यालय
१०) भू–संरक्षण कार्यालय
११) घरेलु तथा साना उद्योग
१२) महिला तथा बालबालिका कार्यालय
१३) जिल्ला वन कार्यालय
१४) जिल्ला अस्पताल
१५) जिल्ला सिँचाइ कार्यालय
१६) जिल्ला खानेपानी कार्यालय
१७) सहरी विकास डिभिजन कार्यालय
१८) जिल्ला खेलकुद विकास समिति
