६ दिनदेखि बेपत्ता कविताको क्षतविक्षत शव फेला

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १५:२१
File Photo

भीमदत्तनगर, ३२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कविता कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत थिईन् । गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी उनी गायब भएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।

मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक लास फालेको अवस्थामा प्रहरीले अनिताको शवलाई भेट्टाएको हो । कविताको हत्या गरी फालिएको आशंका गरिएको छ । त्यस्तै घटनाको संलग्नताको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*