जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रहरीको क्लास
काठमाडौं, ३२ असार । काठमाडौँ उपत्यकामा जथाभावी सडक पार गर्ने यात्रुलाई ट्राफिक प्रहरीले क्लास लिन सुरु गरेको छ । कार्यक्रम अन्तर्गत हिजो ३९८१ जना पैदलयात्रुलाई ट्राफिक प्रहरीले सचेत गराएको छ ।
पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान शुरु गरेको हो । ललितपुरको जावलाखेलमा हिजोबाट औपचारिक रुपमै सचेतना अभियानको सुरु गरिएको हो ।
१० दिन सम्म चल्ने यस अभियानले पैदलयात्रुको सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
