पेलेपछिका उत्कृष्ट खेलाडी बने फ्रान्सका एम्बाप्पे

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०८:२१

काठमाडौं ३२ असार । विश्वकप फुटवलमा फ्रान्सका एक खेलाडी चर्चामा रहेका छन् । पेलेपछि केलियन एम्बाप्पेले विश्वकप फुटवलको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् ।

फ्रान्स र क्रोएसियाबीच भएको फाईनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गालेले पराजित गरेको थियो जसमा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् । सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*