समाचार

विदेशमा ज्यान गुमाएका २७ परिवारलाई ३ करोड ५४ लाख क्षतिपूर्ति

खोटाङ, २० असार । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका खोटाङका २७ परिवारलाई ३ करोड ५४ लाख २० हजार राहत वितरण गरिएको छ । मृतकका परिवारलाई बीमा कम्पनी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उक्त रकम वितरण गरिएको हो । २०७४ साल साउन १ गतेदेखि हालसम्म खाडीका देश र...

ठग संचालकलाई धरौटीमा छोड्न आदेश दिने न्यायाधिस नै शंकाको घेरामा

काठमाडौँ, २० असार । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा रकम असुलेर ठग्ने भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई थोरै धरौटी लिएर छोड्न आदेश दिने न्यायाधीश अमृतबहादुर बस्नेत छानविनको दायरामा आउने भएका छन् । उनीमाथि छानविन हुने भएको हो । भीएलएनका सञ्चालक श्रेष्ठविरुद्ध प्रहरीले झण्डै ३ अर्ब ठगीको मुद्दा चलाएपनि न्यायाधीश...

मापसे चेकिङमा हत्यारा पक्राउ

काभ्रे, २० असार । मापसे चेकिङका क्रममा एउटा हत्याको पोल खुल्नुका साथै हत्यारा समेत पक्राउ परेका छन् । मंगलबार राति नियमित मापसे चेकिङका लागि काभ्रेको साँगामा परिचालन भएका ट्राफिक प्रहरीले पोल खोल्न सफल भएको हो । त्यहाँस्थित अरनीको राजमार्गको बनेपा तर्फबाट आउँदै गरेको बसमा सवार रामेछाप पटिपुगा गाउँपालिकाका २६...

१७ वर्षीय पुन्टे अदालतमा

काठमाडौँ, २० असार । कर्तव्य ज्यान मुद्धामा फरार रहेका १७ वर्षीय पुन्टे उर्फ युवराज क्षेत्री भनिने युवराज कटुवाललाई अदालत पेश गरिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले कर्तव्य ज्यान मुद्दाका फरार उनलाई एकान्तकुनाबाट पक्राउ गरेको हो । सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गाविस–७ का कटुवाल अदालतबाट फैसला भएर कैद जरिवाना...

मकवानपुरगढीको सबै वडामा बाल क्लब गठन

मकवानपुर, २० असार । मकवानपुरगढी गाउँपालिकाको आठै वटा वडामा वडास्तरीय बाल क्लब गठन गरिएको छ । मध्यस्थता नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा बालक्लब बारे प्रशिक्षण सहित क्लब गठन गरिएको मध्यस्थता नेपालका अध्यक्ष शिवप्रसाद चौँलागाईले बताए । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ मा मीना स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय...

वक्तृत्वकलामा भिमफेदीकी सुस्मा प्रथम

मकवानपुर, २० असार । जिल्ला युवा समितिको कार्यालय मकवानपुरद्वारा युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयक वक्तृत्वकलामा भीमफेदी गाउँपालिका वडा नम्बर ५ की सुष्मा पुडासैनी प्रथम, हेटौँडा १७ की कञ्चन घिमिरे द्वित्तिय, हेटौँडा १४ की अञ्जली...

हेटौँडामा ३ नम्बर प्रदेश काँग्रेस संसदीय दलको कार्यालय उद्घाटन

हेटौँडा, २० असार । ३ नम्बर प्रदेशसभाको प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसददीय दल कार्यालयको बुधबार उद्घाटन गरिएको छ । ३ नम्बर प्रदेशसभा सभामुख सानु कुमार श्रेष्ठले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाले प्रमूख प्रतिपक्ष...

हेटौँडामा ५ सय विद्यार्थीको आँखा परिक्षण

मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार ५ सय जना विद्यार्थीको आँखा परिक्षण गरिएको छ । बुधबारबाट शुरु भएको आँखा शिविरमा उनीहरुको आँखा जाँच गरिएको बताइएको छ । विद्यालयको नियमित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा शिविर...

चौघडामा २० वटा बाख्रा वितरण

मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा–६, चौघडा राईगाउँमा २० वटा बाख्रा वितरण गरिएको छ । सिर्जनशिल नागरिक सचेतना केन्द्रले मंगलबार बाख्रा वितरण गरेको हो । नगर क्षेत्रमा रहेको विपन्न नगरबासीको आर्थिक स्थितिमा सुधार ल्याउन हेटौँडा उपमहानगरपालिको सुशासन र दिगो विकास कार्यक्रम अन्तरगत १० परिवारलाई १ लाख बराबरको २० वटा...

भिमफेदीको प्रत्येक वडामा हाते ट्रयाक्टर वितरण

मकवानपुर, २० असार । मकवानपुरको भिमफेदी गाउँपालिकाको प्रत्येक वडाका लागि २ वटाका दरले हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बुधबार जम्मा १८ वटा हाते ट्रयाक्टर र ४ थान मकै छोडाउने मेसिन प्रदान गरिएको हो । कृषि सेवा केन्द्र भिमफेदीको संयोजन तथा...