मानन्धर बने पाँचौ आँखाको नानी दानकर्ता
हेटौँडा, ३२ असार । नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानन्धरको आँखाको नानी संकलन गरिएसँगै उनी हेटौँडा सामुदायिक आँखा अस्पतालमा आँखाको नानी दान गर्ने पाँचौ व्यक्ति बनेका छन् ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर २ निवासी मानन्धरको असामायिक निधन भएपछि छोरी ज्वाँई र परिवारका सदस्यहरुले उनको सामाजिक क्षेत्रमा सक्रियताको सम्मान गर्दै सहमतिमा आँखाको नानी दान गरिएको हो ।
यसअघि नै हेटौँडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौँडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । त्यस्तै हेटौँडा २ का सर्गलाल श्रेष्ठ, भीमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाका तेजप्रसाद बर्तौला र बारा घरभई हेटौँडा वडा नम्बर ९ बस्ने गोपाल सुनवारको नानी संकलन भई सकेको छ ।
