विश्वकप फुटवल – कसले कति पुरस्कार पाए ?
मकवानपुर ३२ असार । विश्वकप फुटवलको २ हजार १८ को उपाधि फ्रान्सले हात पारेको छ । रसियामा २१औं संस्करणको फिफा विश्वकप फुटबलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको थियो ।
उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ । दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ ।
क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६–१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्। यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बियले १२–१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८–८ मिलियन डलर पाएका छन्।
रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको थियो ।
