प्रशासनले सार्वजनिक गर्यो यस्तो तथ्याङ्क, भक्तपुर डुबानबाट १२ करोडको क्षति

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०८:०३
file-photo

भक्तपुर, ३२ असार । अविरल बर्षाका कारण भक्तपुरमा बाढिपहिरो संगै बस्ती डुवान पनि भयो । जसका कारण मानव जनजिवनमा क्षति त पुग्यो नै के कति क्षति भयो त्यसको समेत तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।

कार्यालयले आईतवार पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी यस्तो तत्थ्याङक दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।

डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ ।

उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*