डा.गोविन्द केसीको अवस्था निकैनै गम्भीर भएपछि भेन्डिलेटरमा
मकवानपुर ३२ असार । डा. गाविन्द केसीको स्वास्थ्य अवस्था निकैनै गम्भीर भएको बिषयमा आजको नागरीक दैनिकमा समाचार छ । उनी १६ दिनदेखि अनशनरत छन् । हाल उनलाई भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।
डा.केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
‘केसीलाई विभिन्न समस्याले सताईरहेको विषयमा चिकित्सकहरुको भनाई छ । उनको घाँटीमा संक्रमणको खतरा समेत बढेर गएको छ।
