सुनकाण्ड अपडेट– गोरेका भाई यूएईबाट पक्राउ

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०८:१३
File Photo

हेटौँडा, ३२ असार । निकै नै हल्लाखल्लापछि अहिले केही साम्य भएको साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे का भाइ रमेश उप्रेतीलाई यूएईमा पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उप्रेतीलाई फरार प्रतिवादीका रुपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*