विदेश पढेका डाक्टर नेपालमा परीक्षा दिँदा ८८ प्रतिशत फेल

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०७:५३

हेटौँडा, ३२ असार । नेपालमा मेडिकल कलेज कम भएका काराण भनौँ अथवा अन्य विविध कारणले विदेशमा डलर तिरेर डाक्टरी पढेका विद्यार्थीहरुलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा अधिकांश विदेशमा एमबिबिएस पढेका डाक्टरहरु फेल भएको तथ्य खुलेको छ ।

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भएका छन् । यसरी एमबिबिएसतर्फ ८८५ र बिडिएसतर्फ ९०५ डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*