मकवानपुरको बकैयामा ट्याक्टर सडकबाट १ सय मिटर तल खस्यो
मकवानपुर ३० असार । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका ७ निवासी अक्कलबहादुर मोक्तानको दुर्घटनामा मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ना ६ त ७३५७ नम्बरको ट्याक्टर बिहान हेटौंडा तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको थियो । दुर्घटनापछि ट्याक्टरका चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
