डडेल्धुराको कभर्ड हल भत्कियो
डडेल्धुरा ३१ असार । डडेल्धुराको एक मात्र कभर्ड हल भत्किएको छ । खेलकूद विकास समितिको कार्यालयसँगै रहेको उक्त हल ३४ बर्ष पहिले निर्माण भएको र हाल जिर्ण अवस्थामा रहेको थियो ।
जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए ।
विगत एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् ९राखेप० र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा हल भत्किएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
