हटिया स्पोर्ट्स एकेडेमीमा सुवेदीको नेतृत्व
मकवानपुर ३० असार । हटिया स्पोर्ट्स एकेडेमीको बार्षिक साधारण सभा आज हटियामा सम्पन्न भएको छ । एकेडेमीको अध्यक्ष छवि सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रमले कार्यसमिति समेत चयन गरेको छ ।
सभाले एकेडेमीको अध्यक्षमा छवि सुवेदी,वरिष्ठ उपाध्यक्षमा त्रिबिक्रम रुपाखेती, उपाध्यक्षमा कमल बिडारी, उपाध्यक्षमै शम्भु पराजुली र सचिबमा होम बहादुर नेपालीलाई चयन गरेको हो ।
त्यसैगरी कोषाध्यक्षमा सिद्धान्त बिक्रम बिष्ट सहित १३ सदस्यिय कार्यसमिति चयन गरेको होम बहादुर नेपालीले तु खबरलाई जानकारी दिए ।
हिरा ब श्रेष्ठ प्रमुख, अस्थायी प्रहरी पोस्ट, हटियाका प्रमुख हिरा बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
