समाचार
वर्षाका कारण हेटौँडाको सडकमा भेल, वीरगञ्ज डुबानमा
मकवानपुर, १८ असार । गए रातिदेखि भइरहेको अविरल वर्षाका कारण मकवानपुरसहित देशका विभिन्न भाग डुबानमा परेको छ । निरन्तर वर्षा भएका कारण मकवानपुरको हेटौँडा यतिखेर जलमग्न छ । सडकमा उचित ढल निकास नहुँदा वर्षाको भेल सडकमा उर्लिएको छ । अटो, मोटरसाईकल जस्ता सवारीलाई सडकमा गुडाउन समेत थप समस्या परेको...
छतिवनका लामिछाने ११ वर्षपछि जेल चलान
मकवानपुर, १८ असार । मकवानपुरको साविक छतिवन गाउँ विकास समिति वडा नम्बर ४ हात्तिखोला बस्ने सिताराम लामिछाने फरार भएको ११ वर्षपछि भिमफेदी जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरको वि.सं. २०६४ पुस १ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय तोकी फरार रहेका लामिछानेलाई यही असार १४...
मकवानपुर प्रहरीले गर्यो फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान
मकवानपुर १८ असार । चोरी मुद्दाको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी जेल चलान गरेको छ । फरार प्रतिवादी मकवानपुरको हेटौंडा ६ निवासी विनय अधिकारीलाई प्रहरीले असार १६ गते पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरको २०६९पुस १७ गते को फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन...
भुमि अधिकार मञ्च मकवानपुरमा श्रेष्ठको नेतृत्व
मकवानपुर १८ असार । जिल्ला भुमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा यज्ञबहादुर श्रेष्ठ सर्वसहमत चयन भएका छन् । मञ्चको आईतबार हेटौंडामा भएको छैठौं जिल्ला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर रेग्मी, सचिवमा मीरा स्याङ्गतान, कोषाध्यक्षमा डोल्मा स्याङ्वो, सहसचिवमा राजनप्रसाद फुयाँल चुनिएका छन्...
नगरपालिका विरुद्धनै रिले अनसनमा बस्ने महोत्तरीका ५ वडाध्यक्ष को को हुन् ?
मकवानपुर १७ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच जना वडाध्यक्षहरु ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्धनै रिले अनशनमा बसेको राससले जनाएको छ । नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल,...
चरम हिनामिना भएको भन्दै स्थानीयद्वारा विष्णुपुर गाउँपालिकाको हरहिसाब माग
लहान १७ असार । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् । सूचनाको हकअनुरुप स्थानीयवासीले सामूहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउँदै गाउँपालिकाबाट खरिद भएका सामान र विकासनिर्माणको काममा भएको खर्चको...
झापामा ट्याक्टरबाट हामफाल्दा १ जनाको मृत्यु
झापा १७ असार । झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा ट्याक्टरबाट ओर्लने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनी पुलचौकबाट ट्याक्टरमा लिफ्ट मागेर बुधबारे आएका थिए । मेची राजमार्गको बुधबारे सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ ढुङ्गा बोकेर आउँदै गरेको मे १ त...
विद्युत अवरोध भएपछि झाडी फाँड्दै मनहरी गाँउपालिका अध्यक्ष उप्रेती
मकवानपुर १७ असार । मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युत सेवा अबरोध पु¥याउने गरी बढेको झाडी तथा रुखका हाँगाहरु काटिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अगुवाईमा मनहरी ८ रजैयादेखि मनहरी ९ ज्यामिरेसम्म झाडी सफाई गरिएको हो । अध्यक्ष उप्रेती आफै हँसिया लिएर युवाहरुलाई हौसला प्रदान गर्दै झाडी सफाइमा...
सुनमा मिसावट गर्ने बर्दियाका ११ जना व्यवसायी पक्राउ
मकवानपुर १७ असार । बर्दियाका ११ जना व्यवसायीलाई सुनमा मिसावट गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको बर्दियाका सञ्चार माध्ययमहरुमा समाचार प्रकाशन भएका छन् । प्रहरी स्रोतका अनुसारजिल्ला प्रशासन कार्यालय,...
दाङमा भक्ति थापाको स्मृतिमा पार्क निर्माण
दाङ १७ असार । दाङमा भक्ति थापाको स्मृतिमा पार्क निर्माण गरिएको छ । लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा पार्क निर्माण गरिएको राससले जनाएको छ । पार्कमा भक्ति थापाले विगतमा गरेका योगदान र उनका जीवनसँग सम्बन्धित कार्यलाई शिलामा उजागर गरिएको छ । भक्ति थापाको शालिक निर्माण...










