अबदेखि सवारी गुडाउँदा लेन मिचे घरमै फोन आउने

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार ११:०४

काठमाण्डौ २९ असार । तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ की हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्भिलेन्स भेइकल राखेको छ ।

महाशाखाका प्रमुख वसन्त पन्तले लेन अनुशासनको पालनामा जोड दिन र सवारी दुर्घटना कम गर्न उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखिएको बताए । सो भेकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारीको अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको उनले जानकारी दिए ।

राजधानी दैनिकबाट

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*