कुलेखानी सुमो दुर्घटना अपडेट–८ जनाको बयोधा अस्पतालमा उपचार हुँदै (घाईतेहरुको नामावली सहित)

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १९:२६

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ किचिनीस्थित हेभी हुमाने हुँदै काठमाडौ जाने सडक खण्डमा सुमो दुर्घटना भएको थप विवरण प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सडक खण्डमा निजगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.१ ज्. ३४८२ नम्बरको टाटा सुमो आफै अनियन्त्रित भई सडकको दायाँ साईड बाट करिब २५ मिटर तल खसी दुर्घटना भएको हो । उक्त सुमोमा सवार ८ जना मध्यम रुपमा घाईते भई उपचारको लागी ८ जनालाई काठमाण्डौस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । सुमोका चालक सामान्य घाईते भएकोले स्थानिय मेडिकलमा नै उपचार पस्चात प्रहरीको नियंत्रणमा रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा बाराको निजगढ नगरपालिका ९ बस्ने ४० वर्षीया भवानी तुमसिङ मगर, सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीय श्यामबहादुर मोक्तान, सोही ठाउँकै वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ६५ को भक्तबहादुर तुमसिङ मगर, सोही ठाउँकै बर्ष २१ कि सबिना आले मगर, वडा नम्बर १६ बस्ने बर्ष ४० को बलिराम, वडा नम्बर ९ बस्ने बर्ष १७ को सुरेश भट्टराई, बर्ष ५१ को हरि भट्टराई र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ४२ को डम्बरबहादुर बलयार मगर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*