हेटौँडामा ७ दिने मेहेन्दी तालिम सकियो

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १६:१५

मकवानपुर, २८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा ७ दिने मेहेन्दी तालिम आज सकिएको छ । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरको आयोजनामा तालिम भएको हो ।

तालिममा ५० जना महिला दिदी बहिनीले सहभागीता जनाएको संघका सचिव केशव  मुडभरीले जानकारी दिएका छन् । मारवाडी एशोसिएसन मकवानपुरको सभाहलमा संचालित तालिममा निशा श्रेष्ठले सहजीकरण गरेकी थिईन् ।

समापन कार्यक्रममा सांसद मुनु सिग्देलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षता रहेको थियो । कार्यक्रममा विशेष अतिथि सांसद जुनेली श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, सल्लाहकार विष्णुगोपाल महर्जन, हेटौँडा लेडी जेसिजकी अध्यक्ष अस्मिता श्रेष्ठ, मारवाडी एशोसिएसनका पवनकुमार अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*