कोल्हवीमा पत्रकारिता तालिम सम्पन्न
–अनिल प्रित
कोल्हवी, २८ असार । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ मा एक पत्रकारिता तालिम दिइएको छ । कोल्हवी नगरपालिकाको सहयोग र सञ्चार उत्थान गृह बाराको आयोजनामा तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारी, अतिथीहरुमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय , उघोग वाणिज्य संघ साखा कोल्हवीका अध्यक्ष महेश कुमार साह , शसस्त्र प्रहरी निरीक्षक कोल्हवीका भरत गौतम , ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी सहायक निरीक्षक मिन बहादुर रमौली सहित बारा जिल्लाका विभिन्न संचारगृहमा आवद्ध २० जनाको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघ साखा कोल्हवीको सभाहलमा आयोजित कार्यक्रम सञ्चार उत्थान गृहका अध्यक्ष दुष्यान्त चौधरीको सभाध्यक्षतामा भएको हो । कार्यक्रम संचालन संचारकर्मी अनिल प्रित चौधरीले गरेका थिए ।

