भानु जयन्तीमा हेटौँडामा स्थलगत कविता प्रतियोगिता हुने
मकवानपुर, २८ असार । हेटौँडा ४ कमल डाँडामा अवस्थित नवोदय शिशु सदनले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
विद्यालयले २०५ औँ भानु जयन्ती विशेष कार्यक्रम अन्तर्गत असार २९ गते बिहान ‘प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता २०७५’ को आयोजना गर्न लागेको शिक्षक सिएम रिमालले जानकारी दिएका छन् ।
