थाइल्याण्डको गुफामा फसेकाहरुको उद्वारका विषयमा फिल्म बन्ने

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १५:४०

हेटौँडा, २८ असार । थाइल्यान्डको थाम लुआङ गुफामा १८ दिनसम्म फसेका अन्डर १६ फुटबल टीमका सदस्य र उनीहरूका प्रशिक्षकहरुलाई उद्वार गरिएको विषयमा आधारित हलिउड चलचित्र निर्माण हुने भएको छ ।

कुल ७०० करोड रुपैयाँ लागत अनुमानमा बन्ने चलचित्रमा किशोरहरूलाई शुरूमा खोज्ने दुई गोताखोरहरूको विशेष भूमिका रहनेछ । प्योर फ्लिक्स स्टुडियोले फिल्म तयार गर्नुका साथै किशोरहरु फसेको गुफाको च्याम्बरमा संग्रहालय बनाइने बताइएको छ । उक्त संग्रहालयमा उद्वार अभियानमा प्रयोग गरिएका उपकरण र किशोरहरूको कपडाको प्रदर्शनी गरिने बताइएको छ ।

प्योर फ्लिक्स स्टुडियोका सीईओ र सहसंस्थापक मिसेल स्कटले आफ्नी पत्नी सार्जेन्ट समन कुननको साथी भएको बताए । उद्वार अभियानका क्रममा कुननको मृत्यु भएको थियो । स्कटका अनुसार, उनी अभियानमा संलग्न केही गोताखोर र गुफामा फसेका किशोरका आमाबुवासँग लगातार सम्पर्कमा थिए ।

स्कट आफैं चार दिनसम्म थाम लुआङ गुफाबाहिर उद्वार दललाई सहायता गरिरहेका थिए । यस फिल्म मार्फत मानिसहरूलाई अरूलाई सहायता गर्नुपर्ने सन्देश आफूले दिन चाहेको स्कटको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*