तास खेल्ने १० जना पक्राउ
भक्तपुर, २७ असार । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबराही बस्ने ३४ वर्षीय देवकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेका देवकृष्ण सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगद ४३ हजार ३ सय ५ रुपैँया र २ बुक तास सहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
