विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै

तु खबर संवाददाता
२०७५ असार २७, बुधबार १५:२३
file-photo

मकवानपुर २७ असार । विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् ।

रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।

क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्याण्डले स्विडेनलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसियाले त्यतिबेला नै सेमिफाइनल पुग्न सफल भएको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो । इंग्ल्याण्डले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।

विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्याण्ड पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् २००४ मा भएको युरोकपमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सातवटा खेल खेलेका छन् । इंग्ल्याण्ड चारमा तथा क्रोएसियाले दुई खेलमा विजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*