सत्र वर्षीया सौतेनी आमा बालिका हत्याको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७५ असार २७, बुधबार १५:१९
तस्बिर–गुगल

सुनसरी, २७ असार । बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

२०७५ असार १ गते सोही स्थान बस्ने अर्जुन लिम्बुको ६ वर्षीया छोरी अपेक्षा लिम्बु खाना खाई सुत्न गएको अवस्थामा असार २ गते कोठामा बेहोश अवस्थामा फेला पारेका थिए । त्यसपश्चात उपचारको लागि धरान घोपा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा अपेक्षालाई उनकै सौतेनी आमा उमाले घाँटी थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*