हेटौँडा चिसापानीबाट छोरीको बलात्कार गर्ने झड्केला बुवा पक्राउ

तु खबर संवाददाता
२०७५ असार २६, मंगलवार १६:२५
तस्बिर–गुगल

मकवानपुर, २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ चिसापानीमा आफ्नै छोरीलाई बलात्कार गर्ने एक झड्केला बुवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

३५ वर्षीय उनले यही असार १५ गते मध्यराति आफ्नै घरमा सुतिरहेकी १३ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बलात्कार पश्चात डरका कारण बालिकाले आफ्नो आमालाई नभनी छिमेकी मार्फत माईती नेपाल हेटाँैडामा सम्पर्क गरी मिति हिजो जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएकी थिईन् ।

उजुरी पश्चात उनको झड्केला बुवालाई वडा प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट जवरजस्ती करणी मुद्धामा म्याद अनुमति लिई आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*