सालकको खपडा बोक्ने पक्राउ
काठमाडौं, २६ असार । नुवाकोट ककनी गाँउपालिका-२ घर भएका ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १ सय ५ ग्राम सालकको खपटा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा बा.७९ प १७०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक घिमिरे र मोटरसाइकलमा सवार थापाले पानी बर्सादीको खोल भित्र सेतो कपडामा लुकाईछिपाई ल्याएको उक्त सालकको खपटा फेला पारी उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
