लागुऔषधसहित २ जना पक्राउ
सुनसरी, २६ असार । धरान-१६ बस्ने २१ वर्षीय मनिस ठकुरी र १८ वर्षीय जिबन ठकुरीलाई लागूऔषध नाईट्रोजन १ सय ८० एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ईटहरी-१ आपगाछिमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको को १.ह ६७११ नम्बरको ट्याम्पु जाँच गर्ने क्रममा ट्याम्पुमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
