सरकारी गाडीमा मोज गर्नेलाई यस्तो कडाई

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १२:३३

दाङ, २५ असार । सरकारी गाडीको दुरुपयोग हुन नदिनका लागि दाङको तुलसीपुर उप–महानगरपालिकाका गाडीहरुमा जीपीएस ट्रयाकिङ एप्लिकेशन सिस्टम जडान गरिएको छ । उपमहानगरपालिकाले पहिलो पटक नगरको स्वामित्वमा रहेका १५ वटा गाडीमा यो सिस्टम जडान गरेको बताइएको छ ।

जीपीएस ट्रयाकिङ एप्लिकेशनको सहयोगले यी गाडीहरुको गति, अवस्था र कार्यको बारेमा प्रत्यक्ष हेर्न मिल्ने भएकाले सरकारी गाडीहरुको दुरुपयोग नहुने उप – महानगरपालिकाले जनाएको छ । यस प्रविधिबाट कुन गाडी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेकुरा अनलाइनबाट हेर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*