मनहरीमा पोलियो थोपा खुवाउने एफआइटीभी विधि बारे तालिम

तु खबर संवाददाता
२०७५ असार २४, आईतवार १९:२५
PIc : videoblocks.com

मकवानपुर, २४ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ इलाका वन सेक्टरको कार्यालयमा पोलियो थोपा खुवाउने एफ आई टि भी विधी सम्बन्धि एक दिने तालिम आज सम्पन्न भएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तालिम भएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । तालिममा मनहरी ,राक्सिराङ र कैलाश गाउँपालिकाको ४५ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको मनहरीगाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । तालिममा सहभागीहरुलाई जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका रामकृष्ण बस्नेत तथा खेर यादबले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समयमा विश्वब्यापी रुपमा पोलियो रोग ब्यापक रुपमा संक्रमण भइरहेको समयमा नेपालमा यसलाई उन्मुलन गर्नका लागि पोलियो खुवाउने सहि विधि प्रयोग गरि पोलियो रोगमुक्त समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बिगतमा पोलियो खुवाउने विधिले पोलियो रोग पुर्ण रुपमा प्रभावकारी नभएकाले एफ आई टि भी विधिले पोलियो रोगसँग सम्बन्धिथ सबै रोग उन्मुलन हुने भएकाले यो नयाँ विधि प्रयोग गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पोलियो खुवाउने विधि फरक पर्न जाँदा पनि पोलियो रोग उन्मुलनमा समस्या हुने गरेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*