विभिन्न पार्टी परित्याग गरी २ जना नयाँ शक्तिमा प्रवेश

तु खबर संवाददाता
२०७५ असार २३, शनिबार १८:१२

मकवानपुर २३ असार । विभिन्न पार्टी परित्याग गरी आज २ जना नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी ईन्द्रसरोवर गाउँपालिकाका देवकुमार लामा र संघिय समाजवादीका रामपुकार प्रसाद साह रहेका छन् ।

उनीहरुलाई नयाँ शक्ति पार्टी मकवानपुरका प्रतिनिधिहरुले स्वागत गरेको नयाँ शक्ति मकवानपुरका सञ्चार विभाग प्रमुख धु्रवराज ढकालले जानकारी दिए ।

साथै पार्टीको नगर समन्वय समिती गठनको लागि राजकुमार भेटवालको संयोजकत्वमा २२ सदस्यीय समिती बनाउने तयारी भईरहेको समेत सञ्चार विभाग प्रमुख ढकालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*