राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरमा पुन: श्रेष्ठ
मकवानपुर २३ असार । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । मदन कुमार श्रेष्ठको अध्यक्षतामा र केन्द्रीय सदस्य कमल बहादुर घिसिङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
हेटौडाको कमानेमा भएको कार्यक्रममा पुन अध्यक्षमा मदन कुमार श्रेष्ठ, उपाध्यक्षमा केशव बहादुर कार्की, उपाध्यक्षमा मानबहादुर वाइवा र सचिवमा ऋषि के. बी. सर्बसम्मत चयन भएका हुन् ।
त्यसैगरी संघको सह सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा नारायण सिं थिङ, सदस्यहरुमा दीपेन्द्र नेपाली, रबिन्द्र राई, नीरज श्रेष्ठ, विवेक माझी र विश्वराम बरूवाल चयन भएका छन् ।
