युवा समाजसेवीद्वारा ससस्त्र प्रहरी बेस क्याम्प मकवानपुरलाई फ्रिज सहयोग
मकवानपुर २३ असार । मकवानपुरका युवा समाजसेवी बुद्धराज अर्याल र रामकुमार तिमल्सिनाले ससस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेस मकवानपुरलाई एक थान रेफ्रिजेरेटर (फ्रिज) सहयोग गरेका छन् । २० हजार ५ सय रुपैँया मुल्यपर्ने साथै ५ बर्ष वारेन्टी भएको फ्रिज आज एक कार्यक्रमकाबिच सहयोग गरेका हुन् ।
समाजसेवीहरुले ससस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस मकवानपुरका डिएसपी अमर बहादुर खत्रीलाई फ्रिज हस्तान्तरण गरेका थिए । फ्रिज हस्तान्तरण कार्यक्रम पश्चात बोल्दै डिएसपी खत्रीले भने “गर्मीको समय छ ३/४ महिना अझैं गर्मीहुन्छ उहाँहरुले फ्रिज दिनुभएर चिसो पानी र स्वस्थकर अन्य खाना खाने वातावरण बनाईदिनुभएकोमा निकैनै आभारी छौँ ।”
त्यसैगरी युवा समाजसेवी अर्यालले जनताको सुरक्षामा खटीनेहरुलाई गर्मी मौषममा चिसो पानी पिउने वातावरण बन्न सकोस भन्ने उदेश्यले आफुहरुले फ्रिज हस्तान्तरण गरेको बताए ।
सामाजिक कार्यमा सक्रिय अर्यालले यसअधि पनि ईलाका प्रहरी कार्यालय भिमफेदीलाई सिसि टिभि हस्तान्तरण गरेका थिए
