वडा प्रहरीद्वारा बृहत रक्तदान कार्यक्रम, १०३ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७५ असार २३, शनिबार १८:२३

मकवानपुर २३ असार । वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराको आयोजनामा टोलटोलमा प्रहरी भन्ने नारा सहित हेटौँडा ४ हुप्राचौरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी एसपी बुद्धिराज गुरुङ् ,विभिन्न संघ संस्थाका प्रतिनिधी नेपाल प्रहरी, सशक्त प्रहरी, नेपालि सेना, पत्रकार लगायतकाको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् प्रहरी समाजको जन्ताको पहरोदार भएको बताउदै प्रहरीले प्रत्यक टोल टोलमा पुगी सेवा दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*