शिशु हत्याको अभियोगमा १९ वर्षीया किशोरीलाई जन्मकैद
जाजरकोट, २२ असार । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा जाजरकोटको नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित उनलाई जन्मकैदको सजाय सुनाएको हो ।
शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका भेरी नगरपालिका–१ रावतगाउँमा बस्दै आएकी सविताले डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएको र उनले गत वैशाख २६ गते बच्चा जन्माएर बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएको प्रहरीले बताइएको छ ।
जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको छ ।
