किशोरहरु पाकेटमार र लागुऔषध बिक्रीमा प्रयोग हुँदै
काठमाडौँ, २२ असार । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा किशोरहरुको प्रयोग बढी हुँदै गएको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ समातिएका ५ मध्ये ३ जना किशोर रहेका छन् ।
अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले पकेटमारी तथा चोरी गर्ने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
