बैतडीका अस्पतालमा बिरामीको चाप बढ्दै

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार ०९:०३

बैतडी, २२ असार । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् ।

दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् ।

यस्तै, ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समयमा अस्पतालमा उपचारका लागि पुग्ने गरेका डा लेखकले बताए ।

खानपान, सरसफाइलगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा लेखकको भनाइ छ । यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*