कामै नगरी तलब बुझ्दै डाक्टर
काठमाडौँ, २२ असार । काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको चिकित्सालयमा चिकित्सकहरु दैनिक रुपमा नआए पनि तलब बुझ्ने गरेका हुन् । चिकित्सालयमा २०५० सम्म सरकारी दरबन्दीका डाक्टर, नर्स, मुखिया, खरदार, कार्यालय सहयोगी र रासनपानी दिने जनशक्ति थियो ।
अहिले यो चिकित्सालय गौशालास्थित सेवा केन्द्र कुष्ठरोग निवारण संस्थाले रेखदेख गर्दै आइरहेको छ । गौशालाबाट साताको सोमबार र बिहीबार मात्र बिरामीलाई जँचिने गरिएको छ । तर, सेवा गरेबापत भन्दै मासिक तलब भने उनीहरुले बुझ्ने गरेका छन् ।
