रेखाले गरिन् छविराज र नायिका शिल्पा पोखरेलको विवाहको खुलासा
काठमाडौँ, २२ असार । लामो समयदेखि प्रेममा रहेको चर्चामा रहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच २ वर्षअघि नै विवाह भएको नायिका रेखा थापाले खुलासा गरेकी छिन् ।
रेखाले एक स्मारिकामा लेख लेख्दै उक्त खुलासा गरेकी हुन् । उनले भनिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम र बैवाहिक सम्बन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधीमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ । जबकी, डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो ।’
