प्रहरीद्वारा मानवअधिकार शाखाको स्थापना

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार ०८:३९

काठमाडौँ, २२ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा उनले नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको स्पष्ट गरे ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकारका लागि आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*